arin enterprises

गीत कभर प्रतियोगीतामा राजीव भए प्रथम

SamacharDesk – विकाश | २०७७ बैशाख २६, शुक्रबार

नेपालभाषाको मनोरन्जनात्मक पाक्षिक पत्रिका पेजथ्रीको आयोजनामा भएको ‘कं नं स्वां जुइ’ गीत कभर प्रतियोगीतामा धुलिखेलका राजीव श्रेष्ठ प्रथम भएका छन् ।

लकडाउनको समयमा भएको अनलाईन प्रतियोगीतामा ३३ जनालाई पछि पार्दै राजीवले प्रथम स्थान हासिल गरेका हुन् ।

गत वैसाख ३ देखि वैसाख १३ गतेसम्म अनलाइनमार्फत गीतको इन्ट्रि लिइएकोमा ३४ जना प्रतिस्पर्धीले प्रतियोगीतामा आआफ्नो गीत समावेश गराएका थिए ।

११ जनाले भने अप्रतियोगीको रुपमा पनि भाग लिएका थिए ।

गत वैसाख २४ गतेको साँझको ५ बजेसम्म प्रतियोगीको भिडियो लाइक र भ्यूजको साथमा उत्कृष्ट प्रतियोगीतको पनि छनौट गरिएको थियो । 

पेजथ्री पाक्षिकको प्रकाशक संस्था ईलोहं प्रकाशनको युट्युब च्यानलमा अपलोड गरिएको प्रतियोगीहरुको भिडियोमा ६ हजार ८१ भ्यूजसहित मीनर्वादेवी शाक्य बज्राचार्य भ्यूजमा प्रथम भइन् ।

लकडाउनको समाप्ति पछि सापेक्ष  समयमा औपचािरक कार्यक्रमको आयोजना गरी विजयी प्रतियोगीहरुलाई पुरस्कृत गरिने कार्यक्रम संयोजक दर्शनवीर शाक्यले जानकारी दिएका छन् ।

विजयी प्रतियोगीलाई नेपालभाषाको एउटा गीतको कभर रेकर्डिङको साथमा म्यूजिक भिडियो निर्माण र मोस्ट भ्यूजका विजयीलाई १५ ग्रामको चाँदिको सिक्काबाट पुरस्कृत गरिने शाक्यले बताउनुभयो ।

Categorized in पेजथ्री