arin enterprises

अमेरिकी अर्थमन्त्री येलेन चीन भ्रमणमा

SamacharDesk | २०८० आषाढ २२, शुक्रबार

अमेरिकी अर्थमन्त्री जेनेट येलेन चीन भ्रमणमा गएकी छिन् । विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावपूर्ण सम्बन्ध र सञ्चार सुधार गर्ने उद्देश्यले येलेन बिहीबार बेइजिङ आइपुगेकी हुन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको दुर्लभ भ्रमण गरेको केही हप्तापछि येलेनले चीन भ्रमण गरेको हो ।

बेइजिङ आइपुगेका उनलाई चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्स र चिनियाँ अर्थ मन्त्रालयका अधिकारी याङ यिङमिङले स्वागत गरेका थिए ।

ट्रेजरीका एक अधिकारीलका अनुसार येलेनले यो भ्रमण मार्फत पत्राचारका लाइनहरू विस्तार गर्ने, गलत सञ्चारबाट बच्ने र विश्वव्यापी अर्थव्यवस्था, जलवायु परिवर्तन, ऋण संकट र अन्य मुद्दाहरुमा सहयोग विस्तार गर्ने प्रयास गर्ने छ ।

उनको भ्रमणले चीनको आर्थिक पुनरुत्थान र अमेरिकी ब्याज दर वृद्धिको चिन्ताको सामना गर्दै दुवै पक्षका अधिकारीहरूलाई उनीहरूको देशको विकासको दृष्टिकोणको बारेमा बोल्ने मौका पनि दिन सक्ने बीज्ञहरुको दाबी छ । 

Categorized in अन्तर्राष्ट्रिय