arin enterprises

गूगलले पत्रकारलाई समाचार लेख्न सघाउने एआई टुल ल्याउँदै

SamacharDesk | २०८० श्रावण ६, शनिबार

गु्गलले समाचार लेख्न सक्ने क्षमता भएको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल ल्याउने भएको छ ।

पत्रकारलाई समाचार लेख्न र सो समाचारका लागि आवश्यक जानकारी संकलन गर्न सघाउन कम्पनीले एआई टुल ल्याउन लागको हो ।

विभिन्न सञ्चारगृह तथा प्रकाशकको सहकार्यमा गुगलले एआई टुल तयार गरिरहेको समाचार अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेको छ ।

गुगलका अनुसार यसले पत्रकारलाई समाचारको शीर्षक राख्न तथा फरक–फरक शैलीमा समाचार लेख्न सहयोग गर्नेछ । यो टुलले पत्रकारको क्षमता वृद्धि गर्न मद्दत पुग्ने गुगलको दाबी छ ।

सरोकारवालाहरूबीच यो टुलले पत्रकारलाई सघाउने हो कि उल्टै पत्रकार प्रतिस्थापन गर्ने हो भन्ने विषयमा छलफल चल्न थालेको छ ।

  तर गुगलकाले भने यसले पत्रकारलाई प्रतिस्थापन गर्न नसक्ने तर एउटा पत्रकारले जस्तै रिपोर्टिङ गर्न तथ्य जाँच गर्न लगायतका काम गर्न नसक्ने भएका कारण यो टुल सहयोगीको रुपमा मात्र रहने बताएको छ ।

कम्पनीका प्रवक्ता जेन स्रिडरले यो काम अहिले प्रारम्भिक चरणमा रहेको र यसमा योजनाबद्ध रुपमा काम भइरहेको जानकारी दिएका छन् ।

Categorized in विज्ञान-प्रविधी