ट्वीटरको अस्तित्व नै समाप्त
SamacharDesk | २०८० श्रावण ८, सोमबार

सामाजिक सञ्जाल ट्वीटरको अस्तित्व नै समाप्त हुने भएको छ ।
गत वर्ष अक्टोबरमा ट्वीटर किनेदेखि केही न केही परिवर्तन गर्दै आएका ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लागो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा गर्दै ट्वीटरको अस्तित्व नै मेट्ने संकेत गरेका छन् ।
मस्कले ट्वीटर किनेपश्चात चराको लोगो परिवर्तन गर्दै कुकुर राखेको थियो । तर त्यो लोगो भने धेरै समय टिक्न सकेन र फेरि चरानै राखेको थियो । तर अहिले भने ट्वीटरको अस्तित्व नै समाप्त हुने गरी वेबसाइटमा ट्वीटरडटकमको सट्टा एक्सडटकम गरिने बताएका छन् ।
ट्वीट गर्नेहरुले अब छिट्टै एक्सवीट गर्नुपर्ने छ । मस्कले ट्वीटरमा भन्दा निकै धेरै सुविधाहरु पनि दिने बताएका छन् । चिनियाँ सामाजिक संजाल वीच्याटबाट आफू प्रभावित भएको भन्दै मस्कले त्यही खालको सुविधा प्रयोगकर्तालाई दिन सकिने बताएका छन् ।
मस्कले ट्वीटरको अस्तित्व नै समाप्त पार्दै आफ्नो एक्स ब्राण्डबाटै उक्त साजिक संजाललाई पनि चलाउन खोजेका हुन् ।
