अझै जिउँदै छ ट्वीटरको नीलो चरा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २८, आइतबार

सामाजिक संजालको दुनियाँमा विगतमा निकै लोकप्रिय रहेको ट्वीटरको नाम परिवर्तन भई अहिले X बनेको छ ।
ट्वीटरका मालिक एलन मस्कले ट्वीटरलाई विदाबारी दिँदै यसलाई X नाम दिएका थिए । साथै ट्वीटरको लोगोमा रहेको नीलो चरा पनि हटाउँदै लोगो नै ह् राखेका थिए ।
वेबसाइटको नाम र लोगो परिवर्तनसँगै सबै ठाउँबाट नीलो चरालाई विदा दिएको उनले बताएका थिए । तर X मा कतै एक ठाउँमा अझै नीलो चरा बाँकि रहेको शायद मस्कले नै चाल पाएका छैनन् । हो, X मा अझै नीलो चरा जिउँदै छ ।
X को कुनै एउटा कुनामा अझै नीलो चरा बसिरहेको छ । अहिले ट्वीटर डट कम खोल्दा X को लोगो आउने गर्दछ र ब्राउजरको फायभ आइकोनमा पनि नीलो चराको ठाँउमा X आउछ ।
पब्लीस ट्वीटरको साइटमा भने नीलो चरा अझै देखिन सकिन्छ । पब्लिस ट्वीटरको पेज खोल्दा पेजको साथमा ब्राउजरको फायभ आइकनमा नीलो चरा नै आउने गरेको छ ।
यसमा ट्वीटरको मालिक मस्कको आँखा नपरेको हो या उनले वास्ता नगरेका हुन् त ? यो प्रश्न भने अहिलेसम्म अनुत्तरित नै छ ।
मस्कले गत अक्टोबरमा ट्वीटर किनेपछि यसमा केहि न केहि फेरबदल गरिरहेका छन् । उनले गत जुलाई २४ मा नीलो चरालाई बदाई गर्दै X लाई ट्वीटरको आधिकारिक लोगो बनाएका थिए ।
गत अगस्ट १० तारीखमा मात्रै ट्वीटरको याद दिलाउने सबै सामान लिलाम गर्ने घोषणा गरेका थिए ।
कम्पनीमा भएका विभिन्न आर्ट, भौतिक सामग्रीहरू बिक्रीमा राख्न लागिएको द भर्जमा उल्लेख गरिएको छ ।
कम्पनीमा भएका चराको डिजाइनमा सजिएका कफी टेबल, पिँजडा आकारको सोफा, स्टुल, टेबल, कुर्सी, फ्रिज, प्रिन्टिङ.मेसिन, ग्राइन्डर, एस्प्रेसो मसिन, डेस्क, गिटार, ड्रम, एम्प्लिफायर, डीजे बुथ, मिक्स्चर, स्पिकर, ह्याशट्यागको संकेत, एट द रेटको सङ्केत, कम्प्युटर, टीभी, कम्पनीमा टाँसिएका ऐतिहासिक पेन्टिङ लगायत ५८४ वटा सामान लिलामीमा राखिने छ ।
लिलामीमा राखिएका हरेक सामानको सुरुवाती बोलकबल मूल्य २५ डलर राखिएको छ । यसमा ८.८३ प्रतिशत कर लाग्ने उल्लेख छ ।
लिलामीमा राखिएका सामग्री १२ सेप्टेम्बरदेखि १४ सेप्टेम्बरको बीचमा खरिद गर्न सकिनेछ ।
यसरी ट्वीटरसँग जोडिएका सम्पूर्ण भौतिक अभौतिक संकेत, सामानहरुलाई हटाईँदै गर्दा पब्लीस ट्वीटर पेजमा चरा बाँकि रहेकोमा अचम्म मान्न सकिन्छ ।
यसबाट मस्कले यो पेजमा चरा बाँकि रहेको कुरा थाहै नपाएको वा ध्यानै नगएको अनुमान पनि सजिलै लगाउन सकिन्छ ।
Categorized in विज्ञान-प्रविधी