arin enterprises

टक्सारमा विमानस्थलबाट बरामद सुन जोखिंदै

SamacharDesk | २०८० श्रावण २९, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन जोख्न थालिएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुका लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर पगाल्न थालिएको हो ।

राजस्व अनुसन्धान विभागले साउन २ गते बरामद गरेको सुनको परिमाण यकिन गर्न सुन पगाल्ने प्रक्रिया सुरु गर्दा महाशाखाले एउटा ब्रेक सुन खोलेर देखाएको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन जोख्नका लागि आग्रह गर्दै लेखेको पत्र आफूहरुलाई प्राप्त भएकोले सुन जोख्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।

उहाँले सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजस्व अनुसन्धान विभागसहित निष्पक्ष रुपमा सुन जोख्ने काम गरिने बताउनुभयो । राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो । सुन छुट्याइसकेपछि सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुनेछ ।

त्यसपछि गुणस्तर जाँच तीन दिनमा सक्नेछ । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो ।

सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

Categorized in राष्ट्रिय