arin enterprises

भाद्र ६ गते सूर्यविनायक नगरपालिकामा पर्व विदा

SamacharDesk – बिराज | २०८० भाद्र ४, सोमबार

आउँदो भाद्र ६ गते बिहिबारका दिन सूर्यविनायक नगरपालिकामा स्थानीय पर्व विदा घोषणा गरिएको छ ।

सूर्यविनायक नगरपालिकास्थित डोलेश्वर महादेवलाई केदारनाथको शिर घोषणा गरिएको दिनको स्मरणमा भाद्र ६ गते स्थानीय पर्व विदा घोषणा गरिएको हो ।

सो दिन नगरपालिका र अन्तर्गतका कार्यालय एवम् शैक्षिक संस्थाहरुमा स्थानीय पर्व विदा गरिएको नगरपालिकाले जनाएको छ ।

२०६६ भाद्र ६ गतेका दिन भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिकास्थित डोलेश्वर महादेवलाई केदारनाथको शिर भनी घोषणा गरिएको थियो ।

यस डोलेश्वर महादेवलाई हिमवत्खण्डमा विमलेश्वर भनी उल्लेख गरिएको पाइन्छ ।

यस शिवलिङ्गको उत्पत्ति द्वापरयूगको अन्त्य र कलियूगको प्रारम्भतिर भएको मानिन्छ । 

Categorized in स्थानीय