दिल्लीमा जी ट्वेन्टी सम्मेलनका लागि अभूतपूर्व सुरक्षा
SamacharDesk | २०८० भाद्र २२, शुक्रबार

भारतको राजधानी नयाँ दिल्लीमा जी ट्वेन्टी सम्मेलनका लागि अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ ।
शनिबारदेखि सुरु हुने विश्वका विकसित तथा विकाशील २० वटा राष्ट्रका कार्यकारी प्रमुखहरु सहभागी हुने सम्मेलन सुरु हुनु अघिल्लो दिन दिल्लीमा करीब ५० हजार सुरक्षाकर्मी तैनाथ गरिएको हो ।
सम्मेलन आयोजना स्थल र त्यस आसपासको ३५ किलोमिटर क्षेत्रलाई उच्च सतर्कता क्षेत्र घोषणा गरिएको छ ।
सडकमा सैनिक, अर्धसैनिक तथा प्रहरी तैनाथ गरिनुका साथै आकाशमा चौविसै घण्टा ड्रोन निगरानीको ब्यवस्था गरिएको छ भने सय किलोमिटर परसम्मको निगरानी वायु सेनाले लिएको छ । मूख्य मूख्य क्षेत्रमा एन्टी ड्रोन प्रणाली जडान गरिएको छ ।
भीभीआईपीहरु बस्ने होटलहरु भित्र र बाहिर विशेष कमाण्डो दस्ता तैनाथ गर्नुका साथै हतियार गोदाम पनि राखिएको छ ।
यस सम्मेलनका कारण शनिबार र आइतबार नयाँदिल्लीमा सरकारी तथा निजी कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा बिदा दिइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय