पोर्टो माथि बार्सिलोनाको कठिन जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १८, बिहिबार

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज क्लब एफसी पोर्टोलाई हराएको छ ।
बुधबार समूह एचको खेलमा १० खेलाडिमा सिमित बार्सिलोनाले पोर्टोमाथि १–० को जित जित निकालेको हो ।
पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लागि फेरान टोरेसले गोल गरेका थिए । सोही गोल बार्सिलोनालाई तीन अंक दिलाउन पर्याप्त रह्यो ।
खेलको अन्तिम समयमा गाभी रातो कार्ड खादै मैदान बाहिरीएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।
समूह एचमा बार्सिलोनाले २ खेलमा ६ अंक सहित शीर्ष स्थानमा छ ।
पोर्टो ३ अंक सहित दोस्रो स्थानमा छ ।
अर्को खेलमा शख्तर डोनेस्कले बेल्जियमको रोयल एन्टवर्पमाथि ३–२ को जित निकाल्दै अंक तालिकामा तीन अंक जोडेको छ ।
Categorized in स्पाेर्ट्स