arin enterprises

क्रोममा ट्याबहरू व्यवस्थापन गर्न नयाँ फिचर ल्याउँदै गुगल

SamacharDesk | २०८० आश्विन २४, बुधबार

गुगलले ‘अर्गनाइज ट्याब’ नामक नयाँ फिचर ल्याउने भएको छ । क्रोम ब्राउजरमा धेरै ट्याब खोल्ने प्रयोगकर्तालाई लक्षित गर्दै गुगलले ट्याबहरुलाई व्यवस्थापन गर्न यस्तो फिचर ल्याउन लागेको हो ।

‘Leopeva64’ नामक एक्स (ट्वीटर) प्रयोगकर्ताले एक्समै भिडियो अपलोड गर्दै गुगलको यो नयाँ फिचरले कसरी काम गर्छ भनेर डेमो देखाएका छन् ।

अपलोड गरेको भिडियोमा देखाए अनुसार ब्राउजरको माथिल्लो बायाँ भागमा ‘अर्गनाइज ट्याब’ अप्सन पाउन सकिन्छ ।

त्यसमा क्लिक गर्दा विभिन्न ट्याबहरुको फरक–फरक समूह बन्छ । यस फिचरले ट्याबमा खोलिएको विषय अनुसार समूह बनाउँछ भने ती समूहलाई प्रयोगकर्ताले पछि आफू अनुकूल नाम राख्न पनि सक्छन् ।

यद्यपि गुगलले आधिकारिक रूपमा यस फिचरबारे केही बताएको छैन ।

गुगलको यो नयाँ फिचरले माइक्रोसफ्ट एजमा भएको ‘ग्रुप सिमिलर ट्याब्स’ फिचरले जस्तै काम गर्ने बताइएको छ ।

केही समय अगाडि मात्रै सार्वजनिक गरेको उक्त फिचरमा माइक्रोसफ्टले एआईको प्रयोग गरेको छ ।

यसकारण ‘अर्गनाइज ट्याब’ मा पनि गुगलले एआई प्रयोग गरेको हुनसक्ने अनुमान पनि गरिएको छ ।

Categorized in विज्ञान-प्रविधी