arin enterprises

‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा

SamacharDesk | २०८० मङ्सिर १०, आइतबार

चन्द्रागिरि नगरपालिका वडा ७ स्थित घुमाउनेटोलमा शनिवारदेखि  ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ ।

नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको छ ।

६ करोड लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरुको भरिएका छन् ।

पर्याप्त पार्किंग स्थल सहितको सो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसंग रमाउन फास्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि संचालन गरिएको छ ।

यस सम्बन्धि जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्कका अध्यक्ष सुमन किशोर पुनले आधुनिक तथा ब्यस्त जीवनशैली,बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सीमित भै उकुस(मुकुस वातावरणमा आफ्नो दिनचर्या खुम्च्याउनुपर्ने अवस्थामा रहेको, घुमफिर  गरेर आनन्द लिने र शरीर तथा मनलाई पुनर्ताजगी दिने वस्तु तथा स्थलको माग दिन दिनै बढ्दै गैरहेकोले  ड्रिम वर्ल्डको परिकल्पना गरिएको बताउनुभयो।

नेपालमै पहिलोपटक कम मूल्यमा एकै ठाउँमा त्यो पनि एउटै भवन भित्र धेरै सुबिधा प्राप्त गर्न सकिने गन्तव्यका रुपमा यसलाई विकास गरिएको जानकारी गराउंदै उहाँले  काठमाठौँ उपत्यकाको भिडभाडबाट  केही पर गएर शान्त  प्राकृतिक वातावरणमा रम्न चाहानेहरूका लागि चंद्रागीरिमा अवस्थित यो क्षेत्र आफैंमा महत्वपूर्ण रोजाइमा पर्न सक्छ भन्ने  विश्वास लिएको बताउनुभयो।

Categorized in बिजनेस