arin enterprises

ग्रेटवाल मोटर्सको वीन्टर अफर

SamacharDesk | २०८० पौष ४, बुधबार

नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि.इम्पेक्स प्रा. लि.ले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ विन्टर अफर ल्याएको छ ।

लक्जरी ड्राइभ खोज्नेहरूका लागि, कम्पनीले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफर अन्र्तगत जि.डब्लु.एमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्ने छन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू छन् ।

९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजन सहितको पहिले अनुभव नगरिएकोे ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

जि.डब्लु.एमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जि.डब्लु.एमका प्रिमियम एसयूभीहरुमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क व्यापक बीमा सहित धेरै सुविधाहरू प्राप्त गर्नसक्नेछन् ।

यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजालिन सक्नेछन् । यो योजना कम्पनीले उत्पादन गरेको जुनसुककै गाडीहरुमा प्राप्त गर्नसक्ने जनाइएकोछ ।

जि.डब्लु.एम नेपालले हाभल एच् सिक्स, हाभल जोलायन, ओरा ०३ ईभीपावर र विङ्गल ५ जस्ता ग्लोवल मोडेलहरुका साथ नेपाली बजारमा उपलब्ध छ ।

जिडब्लुएम–नेपालले आगामी दिनहरुमा पनि यस्ता अफरहरुमार्पmत आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै आउने जनाएको छ ।

Categorized in बिजनेस