नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो
SamacharDesk – विकाश | २०७७ जेठ ११, आइतबार

नेपालमा थप १९ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा प्रादेशिक जनस्वास्थय प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा मोरङ बाह्रदशि ३ ४५ वर्षीय पुरुष एकजनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बारा कलैयाका ३२ वर्षीय पुरुष, वीरगंज पर्साका २५ वर्षीय पुरुष, पर्सा ठेगाना भएका बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साकै नागवाका ६० वर्षीय पुरुष, रौतहत स्थायी ठेगाना भएका कलैयामा कार्यरत ३२ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
साथै, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष, रुपन्देही समरीमाई ५ का ४० वर्षका र ५० वर्षीय पुरुषहरु दुई जना, रुपन्देही १ का ३२ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषको साथै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
उनीहरु सबैको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परिक्षण गरिएको थियो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा रुपन्देही गैडहवा गाउँपालिकाका २३ वर्ष, ३० वर्ष र ४० वर्षका पुरुष ३ जना, कपिलवस्तु, खैराती ३ का ३५ वर्षीय, ३७ वर्षीय र ५२ वर्षीय पुरुष ३ जना र गुल्मी मदाने गाउँपालिका ३१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको अगुवाइमा पोजेटिभ देखिएकाहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
साथै संक्रमण फैलिएको जिल्लाको संख्या ४२ पुगेको छ । नुवाकोट जिल्लामा पनि संक्रमित भेटिएसँगै संक्रमित जिल्लाको संख्या ४२ पुगेको हो ।
आज थप १९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ६ सय ३ पुगेको छ । जसमध्ये पुरुषहरु ५ सय २४ जना र महिला ७९ जना रहेका छन् ।
तीमध्ये ८७ जना उपचारपछि निको भएर घर फर्केका छन् । हिजोमात्रै पर्सा वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना निको भएर घर फर्केका थिए । तीमध्ये दुई जना यसअघि नै निको भएर पुनः संक्रमण देखिएपछि उपचाररत पनि थिए ।
साथै बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तुका १० जना संक्रमित पनि हिजै निको भएर घर फर्केका छन् । ३ जनाको भने मृत्यु भएको छ ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकाटोले हालसम्म पिसिआर विधिबाट ४८ हजार ८ सय १५ वटा र आरडिटि विधिबाट ९० हजार २६ वटा परिक्षण भइसकेको पनि जानकारी दिनुभयो ।
प्रवक्ता डा.देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट २ हजार ८ सय ५६ वटा र आरडिटी विधिबाट ३ हजार ७ सय ९१ वटा परिक्षणहरु भएका छन् ।
Categorized in राष्ट्रिय