arin enterprises

सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ ४, बिहिबार

काठमाडौंको जनबहालमा रहेका सेतो मच्छिन्द्रनाथको महास्नान आज विहिवार सम्पन्न भएको छ ।

आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको जनबहालमा विधिपूर्वक सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न गरिएको हो ।

सेतो मच्छिन्द्रनाथको महास्नानको यस परम्परालाई स्थानीय भाषामा ‘धलिं लुइगु’ भन्ने गरिन्छ ।

स्थानीय नेवार भाषामा दहिलाई ‘धौ’ भनिन्छ भने धलिं लुइगु भनेको दहिले नुहाइदिनु हो ।

सेतो मच्छिन्द्रनाथको महास्नानको लागि काठमाडौंको भचाखुसि नदीबाट पवित्र जल ल्याइन्छ । र सोही जलमा दुध, दहि आदि समेत राखेर पंचामृतले स्नान गराइन्छ ।

मच्छिन्द्रनाथको महास्नानको क्रममा वसन्तपुरकी कुमारी पनि जनबहालमा उपस्थित गराइएको थियो ।

यो विधि सम्पन्न भएसँगै सेतो मच्छिन्द्रनाथलाई पुरुष र महिलालाई दुवैको जन्मदेखि गरिने सम्पूर्ण दशकर्म पनि गर्ने गरिन्छ ।

यसपछि भने जनबहालमा मछिन्द्रनाथको ‘लंपू छायेगु’ सुरु हुन्छ । ‘लंपू छायेगु’ भनी मछिन्द्रनाथको मूर्तिमा आवश्यक मर्मत गरी रंगरोगन इत्यादि पनि गरिन्छ ।

महास्नानसँगै सेतो मच्छिन्द्रनाथको रथजात्राको तयारी औपचारिक रुपमा सुरु भएको मानिन्छ ।

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथलाई नाथ सम्प्रदायीले शिव, बौद्ध धर्माबलम्वीहरुले आर्याअवलोकितेश्वर, स्थानीय नेवार समाजले जनबहाःद्यःको साथमा करुणामय र विभिन्न नामले पुकार्ने गरिन्छ ।

Categorized in संस्कृति