arin enterprises

जेनेरेटिभ एआई फिचर ल्याउँदै एप्पल

SamacharDesk | २०८० माघ २१, आइतबार

एप्पलले पनि आफ्ना आईफोन, म्याकजस्ता डिभाइसहरुमा जेनेरेटिभ एआई सफ्टवेयर फिचर ल्याउने भएको छ ।

बिहीबार २०२४ को पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आफ्ना डिभाइसहरुमा एआई फिचर ल्याउन लागेको बताएका हुन् ।

हाल एप्पल डिभाइसमा प्रयोग हुने एआई फिचर विकासको चरणमा रहेको सीईओ कुकले जनाए । यो फिचर २०२४ को अन्त्यसम्ममा एप्पल प्रयोगकर्ताले ती  प्रयोग गर्न पाउने उनको भनाई छ ।

आईओएस १८ एप्पलको इतिहासमै सबैभन्दा ठूलो सफ्टवेयर अपडेट हुने चर्चा चलेको छ ।

जसमा जेनेरेटिभ एआईबाट सञ्चालित स्मार्ट सिरी २.०, एआईमा आधारित प्लेलिस्ट रिकमेन्डेसन र स्मार्ट रिप्लाई हुने बताइएको छ । साथै आईओएस, आईप्याडओएस र म्याकओएसबीच एआई इन्टिग्रेसन हुने पनि जनमानसमा चर्चा चलिरहेको छ ।

एप्पलको त्रैमासिक प्रतिवेदन 

Categorized in विज्ञान-प्रविधी