arin enterprises

स्रोत नखुलेको २७ लाख बढि रकमसहित दुई जना पक्राउ

SamacharDesk – समाचारडेस्क क्राइम रिपाेर्टर | २०८० चैत्र १९, सोमबार

सर्लाहीबाट स्रोत नखुलेको २७ लाख भन्दा बढि रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको २७ लाख ७५ हजार ९७० रूपैयाँसहित दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ का २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन् ।

कमर राजालाई मलंगवा नगरपालिका–९ स्थित सडकबाट नगद १० लाख रूपैयाँसहित पक्राउ गरिएको थियो । कमर राजाबाट ९ लाख ९० हजार रूपैयाँ जम्मा गर्ने २ थान भौचर बरामद भएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानको क्रममा आरिफ अंसारीलाई सोही नगरपालिका–९ स्थित उनको फोन सिटी मोबाइल पसलमा लुकाई राखेको १७ लाख ७५ हजार ९७० रूपैयाँसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले ती दुवैलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।  

Categorized in अपराध