ताइवानमा २५ वर्षयताकै शक्तिशाली ७.४ म्याग्निट्यूडको भूकम्प
SamacharDesk | २०८० चैत्र २१, बुधबार

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार विहान २५ वर्ष यताकै सबैभन्दा ठूलो शक्तिशाली भूकम्प गएको छ ।
ताइवान भूकम्प मापन केन्द्रका अनुसार आज विहान ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको जनाएको छ । प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने ५० हजार जना घाइते भएका छन् ।
भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो ।
समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७।४ म्याग्निच्युडको भूकम्पपछि ६।५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो ।
स्थानीयलाई करिब एक हप्तासम्म यस्तै खालका परकम्पहरु आउन सक्ने भन्दै सतर्क रहन भनिएको छ ।
बुधवारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निट्यूड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन्।
सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली धक्काका कारण धेरै भवनहरु भत्किएको तस्वीहरु सामाजिक सञ्जालमा प्रेषित भइरहेका छन् । भूकम्पलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय