arin enterprises

वर्ल्ड कपमा भाग लिन नेपाली भारात्तालेन टोली थाइल्यान्ड जाँदै

SamacharDesk – समाचारडेस्क स्पाेर्ट्स रिपोर्टर | २०८० चैत्र २१, बुधबार

थाइल्यान्डमा जारी आइडब्ल्युएफ वर्ल्ड कप २०२४ प्रतिस्पर्धामा सहभागी हुन नेपाली भारोत्तोलन टोली आउँदो आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

नेपाल भारोत्तोलन संघका सदस्य राम सुन्दर श्रेष्ठ सुशनको व्यवस्थापनमा प्रशिक्षक जीवन गौतम र भारोत्तोलन खेलाडी सागर भण्डारीको टोली सो प्रतिस्पर्धाका लागि थाइल्यान्डको फुकेट जान लागेका हुन ।

तीन सदस्यीय टोलीलाई बुधबार नेपाल ओलम्पिक कमिटीले विदाइ गरेको छ ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व मन्त्री जीवनराम श्रेष्ठले सफलताको शुभकामना सहित विदाइ गरे ।

कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, डा. ज्ञानेन्द्र शाह, नेपाल फेन्शिङ संघका महासचिव र कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस लगायत संघका पदाधिकारीहरुको उपस्थिति थियो ।

मार्च ३१ देखि शुरु भएको उक्त प्रतियोगितामा भण्डारीले पुरुष १०९ केजी माथिको तौल समुहमा एप्रील ११ मा प्रतिस्पर्धा गर्नेछन् ।

भण्डारीले यसअघि एशियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा क्लिन एन्ड जर्कमा १७१ केजीको भारवहन गरि नयाँ राष्ट्रिय कीर्तिमान राखेका छन् ।

Categorized in स्पाेर्ट्स