arin enterprises

चीनले बनायो कोरोना भाइरसविरुद्धको खोप

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १८, आइतबार

चीनले कोरोनाभाइरस विरुद्धको खोप तयार गरेको दावी गरेको छ । 

चीनको वुहान इन्स्टिच्युट अफ वायोलोजिकल प्रडक्टस् र वेइजिङ इन्स्टिच्युट अफ वायोलोजिकल प्रडक्ट्सले संयुक्त रुपमा सो खोप तयार पारेका अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका हुन् ।

चीनको सम्पति पर्यवेक्षण तथा प्रशासन परिषद्ले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै उक्त खोप यसै वर्षको अन्तिमसम्म विश्व बजारमा आउने दाबी गरेको छ ।

खोप तयार पारेका यी २ वटै इन्स्टिच्युट चिनियाँ सरकारको स्वामित्वमा रहेको औषधि निमार्ण कम्पनी सिनाफर्मसंग सम्बन्धित रहेको जनाएको छ ।

खोप परिक्षणको पहिलो चरण सम्पन्न भइसकेको छ । पहिलो चरण अन्तर्गत खोप २ हजार मानिसमा परिक्षण गरिएको थियो । 

हाल परिक्षणको दोश्रो परिक्षण जारी छ ।

अहिले विश्वभर कोरोना भाइरसविरुद्ध सय भन्दा बढी खोपहरुको निमार्ण भइरहेको छ । 

चीनमा मात्रै ५ वटा खोपहरुको परीक्षण र विकास हुँदैछ । 

रुसले पनि आफुले बनाएको खोपको परिक्षण गर्ने जनाएको छ ।

कोरोना भाइरसको संक्रमण गत वर्षको डिसेम्बरबाट चीनको वुहानस्थित एक पशुपन्छी बजारबाट सुरु भएको थियो । 

यसको औषधि अझसम्म पनि पत्ता लाग्न नसक्दा विश्वभरमा विकराल रुप लिएको हो । 

Categorized in विज्ञान-प्रविधी