अप्पर अरुणमा विश्व बैंकले लगानी गर्ने
SamacharDesk | २०८१ बैशाख ९, आइतबार

अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादन गर्न विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने सहमति भएको बताउनुभएको छ ।
शनिबार काठमाडांैं आइपुग्नु भएको पुनले अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग छोटो कुराकानी गर्दै यस्तो बताउनु भएको हो । उहाँले उहाँले सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको बताउनु भयो ।
उहाँले ६३५ मेगावाट दुधकोशीमा एडिबीले नेतृत्व गर्ने तर विश्व बैंकले पनि लगानी गर्ने बताउनु भयो । उहाँले नेपालमा विदेशी लगानीकर्ताहरुको बाहुल्यता भएको मुलुकमा अमेरिका तेस्रो स्थानमा रहेको र आगामी लगानी सम्मेलनबाट थप लगानी गर्न इच्छुक भएको जानकारी दिनुभयो ।
लगानी सम्मेलनमा अमेरिकाको चेम्बरको उपाध्यक्ष नै उपस्थिति हुने बताउनु भयो । अर्थमन्त्री पुनले अमेरिकी चेम्बर अफ कमर्सले आइटी लगायतका क्षेत्रमा लगानी गर्ने भएको बताउनु भयो ।
Categorized in बिजनेस