नेपालमा कोरोना संक्रमणबाट नवौं मृत्यु
SamacharDesk – विकाश | २०७७ जेठ २१, बुधबार

दोलखाका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । त्रि.वि. शिक्षण अस्पतालमा उपचाररत
त्रि.वि. शिक्षण अस्पतालको आइसीयूमा उपचाररत दोलखाका ७६ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।
ह्यामरेज स्ट्रोक भएका उनलाई गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारको लागि भर्ना गरिएको थियो । सोही अस्पतालमा उनको अपरेशन समेत भएको थियो ।
कोरोना परिक्षणको लागि १५ गते उनको स्वाब परिक्षण गरिँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि थप उपचारको लागि उनलाई शिक्षण अस्पताल महाराजगंज पठाइएको थियो भने त्यहाँ उनलाई आइसीयूमा राखेर उपचार गरिँदै थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या ९ पुगेको छ ।
नेपालमा अहिलेसम्म २३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमा २७८ जना निको भएर घर फर्केका छन् ।
Categorized in समाज