arin enterprises

ललितपुर सुनचाँदिको व्यवसायीको कोरोना विमा गरियो

SamacharDesk – विकाश | २०७७ जेठ २८, बुधबार

ललितपुर सुनचाँदी व्यवसायी संघले संघका सदस्यहरू साथै संघसँग जोडिएकाहरुको कोरोना विमा गरेको छ । 

संघले सदस्यका साथै सदस्यको परिवार, र संघका सम्पूर्ण कर्मचारीहरु समेत गरी ४ सय ४९ जनाको कोरोना बिमा गरेको हो । 

एभरेष्ट ईन्सुरेन्स कम्पनीसँग ४ करोड ४९ लाख बराबरको कोरोना भाइरस बिमाको मंगलबार सम्झौता गरिएको हो ।

सम्झौतामा संघबाट अध्यक्ष रमेश बहादुर शाक्य र इन्सुरेन्स कम्पनीका तर्फबाट बजार प्रवन्धक विकेश महर्जनले हस्ताक्षर गरेका थिए ।  

ललितपुर सुनचाँदी ब्यवसायी सघसँग आबद्ध सदस्य एवम सदस्य परिबार तथा कर्मचारीहरूको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिए १ लाख रुपैयाँ एभरेस्ट ईन्सुरेन्स कम्पनीबाट प्राप्त गर्न सकिने अध्यक्ष रमेश बहादुर शाक्यले बताए । 

विश्व्यापी कोरोना महामारीका कारण नेपालमा पनि सबै व्यापार व्यवसाय ठप्प रहँदा व्यवसायीहरुलाई भविष्यमा ठुलो आर्थिक समस्या देखिने सम्भावना रहेकाले यो विमा गरिएको अध्यक्ष शाक्यको भनाई हो ।

Categorized in बिजनेस