arin enterprises

मुगुमा छायानाथ ट्रेल अल्ट्रा रेस हुने

SamacharDesk – बिराज | २०८३ बैशाख १०, बिहिबार

काठमाडौं । मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा यही जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ ।

एड्भेन्चर स्पोद्सं’ (साहसिक खेलकुद) मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन आगामी जेठ ३ गते ’छायाँनाथ अल्ट्रा रेस’ आयोजना हुने भएको हो ।

नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार पत्रकार सम्मलेन गर्दै गाउँपालिकाले मुगुम कार्मारोङ गाउँपालिकाले अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा यस रेसको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

रारा, छायाँनाथ धामसहित मुगुका पर्यटकीय क्षेत्रको समग्र पर्यटन विकास, पूर्वाधार विस्तार र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले अल्ट्रा रेस आयोजना गरिएको जानकारी गाउँपालिकाले गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामाले पर्यटनलाई स्थानीय आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाइने स्पष्ट पारे ।

‘मुगु केवल प्राकृतिक सौन्दर्यको केन्द्र मात्र होइन, यो नेपालको पर्यटन सम्भावनाको प्रतीक पनि हो । यसलाई दिगो र व्यवस्थित रूपमा विकास गर्न हामी प्रतिबद्ध छौं ।’ गाउँपालिका अध्यक्ष लामाले भने ।

यो रेस समुद्री सतहबाट २५५० मिटरबाट सुरु भई छायाँनाथ ४८२० मीको अल्टिच्युडसम्म करिब ३० किलोमिटरको हुनेछ । यस प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।

नेपाल एड्भेन्चर रनिङ महासंघको प्राविधिक सहयोग रहने यस प्रतियोगितामा मुगु जिल्लाका स्थानीय बासिन्दाहरूका लागि छुट्टै विधा र सबैको सहभागितालाई प्रोत्साहन गर्न ५ किलोमिटरको ‘फन रन’को समेत व्यवस्था गरिएको छ ।

प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।

३० किलोमिटरको मुख्य विधा (महिला तथा पुरुष) तर्फ प्रथम, दोश्रा, तेश्रो, चौथो र पाँचौ हुनेलाई क्रमशः दुई लाख रुपैयाँ, डेढ लाख रुपैयाँ, तेस्रोलाई एक लाख, चौथोलाई ७५ हजार र पाँचौंलाई रु. ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी, स्थानीयतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनका क्रममा नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले मुगुम कार्मारोडलाई साहसिक खेल पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने यस अभियानले पर्यटन प्रबद्र्धनका साथै स्थानीय अर्थतन्त्रमा पनि योगदान पुग्‍ने बताए । 

Categorized in बिजनेस