यात्रुहरुको ज्यान बचाउने भारतीय पाइलट इजरायलबाट सम्मानित हुने
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ आश्विन २३, शुक्रबार
को पाइलटको आक्रमणको बाबजुद फ्लाई दुबईको विमानका यात्रु र चालक दलका सदस्यहरुलाई बचाउन सफल भएका पाइलट स्मिथ मच्छारलाई इजरायलले पुरस्कृत गर्ने भएको छ ।
विमानमा को पाइलटबाट ककपिटमै आक्रमण हुँदा घाइते भएर पनि १७४ यात्रु र चालक दलका सदस्यहरुको ज्यान जोगाउने पाइलट मच्छारलाई इजरायलको सर्वोच्च पुरस्कार दिइन लागिएको हो ।
इजरायलका राष्ट्रपति इसाक हर्जोगले भारतीय पायलट मच्छारको स्वास्थ्य ठिक भएपछि उनलाई इजरायलको सर्वोच्च पुरस्कारबाट पुरस्कृत गर्ने बताएका छन् ।
‘क्याप्टेन मच्छारको बहादुरी र प्रोफेशनालिज्मले एउटा ठुलो दुर्घटनाबाट बचाउन मद्दद गरेको छ । उनलाई ‘प्रेसिडेन्शियल अवार्ड फर सिभिलियन हीरोइज्म’ बाट सम्मानित गर्नु मेरो लागि सम्मानको विषय हो’ इजरायली राष्ट्रपति हर्जोगले भनेका छन् ।
राष्ट्रपति हर्जोगले मच्छारको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
गत सेप्टेम्बर ३० का दिन युएईबाट इजरायलको तेल अभिभका लागि उडान भरेको फ्लाई दुबईको विमानमा ओमानी को पाइलटले पाइलट मच्छारमाथि ककपिटमै क्रैश–एक्सले आक्रमण गरेका थिए ।
आक्रमण पछि घाइते अवस्थामा पनि पाइलट मच्छारले साहस देखाउँदै ककपिटको ढोका खोलेर यात्रुहरुसँग मद्दत मागेका थिए ।
पछि यात्रुहरुले को पाइलटलाई नियन्त्रणमा लिएपछि विमानमा रहेका १७४ यात्रुहरुको साथै चालक दलका अन्य सदस्यहरुको पनि ज्यान बचेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय




