राष्ट्रिय वाणिज्य बैंकबाट होल्डिङ्ग सेन्टरहरुलाई खानेपानी वितरण
SamacharDesk – विकाश | २०७७ आषाढ १५, सोमबार

राष्ट्रिय वाणिज्य बैंकले सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारीको अवस्थामा उक्त सहयोग गरेको जनाएको छ ।
सो अवसरमा बैंकको प्रदेश कार्यालयकी प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले नेपाल रेडक्रस सोसाईटीका पदाधिकारीहरुको उपस्थितिमा काठमाडौं उपत्यकाको बसुन्धरा तथा धुम्बाराहीमा रहेका ३ वटा होल्डिङ्ग सेन्टरमा नेपाली सेनाका अधिकृतहरुलाई खानेपानी व्यवस्थापन गर्ने जिम्मा लिएको जानकारी गराउँदै आवश्यक पर्ने खानेपानी हस्तान्तरण गरे ।
कोरोना महामारीको अवस्थामा देश बाहिर रहेका विभिन्न नागरिकहरुलाई उद्धार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरिसकेपछि विभिन्न होल्डिङ्ग सेन्टरहरुमा राखी घर पठाउने गरेको छ ।
उक्त होल्डिङ्ग सेन्टरहरुको व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ भने खानेपानी, खाद्य सामग्री लगायतको व्यवस्था नेपाल रेडक्रसको अगुवाइमा भैरहेकोमा बैंकको बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ्ग सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ ।
हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २ सय ४० वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
Categorized in बिजनेस