नोकिया ११०० फेरी बजारमा आउने
SamacharDesk – बिराज | २०८० श्रावण २४, बुधबार

कुनै जमाना थियो, हातमा नोकिया ११०० मोबाइल फोन बोक्न पाइयो भने शान नै अर्कै हुन्थ्यो । हेर्दै भद्दा ठुलठुला मोबाइलका बीच सानो, हेर्दै हिस्सि, चिटिक्क परेको मोबाइलले एक टाइम पुरै बजार पिटेको थियो ।
त्यो बेलामा विशेष गरी नोकिया २१०० र नोकिया ११०० सँग कुनै ब्रान्डले प्रतिस्पर्धा गर्न सकेनन् भन्दा हुन्छ ।
स्मार्ट फोन आउन थालेपछि यस्ता बार फोनको त के कुरा, केही समयको लागि नोकिया कम्पनी नै बन्द भएको थियो ।
नोकिया कम्पनी फेरी सुरु भएर स्मार्ट फोन उत्पादन गर्न थालेसँगै अहिले फेरी नोकिया ११०० मोडल बजारमा आउने भएको छ । तर अब भने बार फोन होइन, स्मार्ट फोन ।
नोकियाले शानदार क्यामरा क्वालिटी र दमदार फीचरहरुको साथ नोकिया ११०० प्लस फाइभ जी मोडलको स्मार्ट फोन बजारमा ल्याउने लागेको हो ।
‘नोकिया ११०० प्लस फाइभ जी’का फिचरहरुः
यसमा कीप्याड फीचरको साथमा टचस्क्रीन डिस्प्ले पनि हुनेछ । ८ जिबि र्याम र २५६ जिबि इन्टरनल स्टोरेज रहेको फोनमा 2K रेजोल्यूशनको ३.७ इन्चको एमोलेड स्क्रीन हुनेछ ।
रियर क्यामेरा ६४ मेगापिक्सेलको हुनेछ भने सेल्फी अथवा फ्रन्ट क्यामेरा १६ मेगापिक्सेलको हुनेछ । त्यस्तै १२ मेगापिक्सेलको एउटा अर्को क्यामेरा पनि यसमा हुने कम्पनीले जनाएको छ ।
स्न्याप ड्र्यागन ६५० प्रोसेसरको साथमा यसमा एन्ड्रोइड १३ अपरेटिङ सिस्टम हुनेछ ।
ब्याटरी ब्याकअपको कुरा गर्ने हो भने यसमा ६२०० एमएचको ब्याटरी हुनेछ भने सुरप फास्ट चार्जिङको दाबी कम्पनीले गरेको छ ।
Categorized in विज्ञान-प्रविधी