arin enterprises

२५ बर्ष लाग्यो गुगल

SamacharDesk | २०८० आश्विन १०, बुधबार

गुगल २५ बर्ष लागेको छ । २५ बर्ष अघि अथार्त सन् १९९८ मा आजकै दिन सर्च इन्जिन गुगल क्यालिफोर्नियाको ग्यारेजमा सार्वजनिक भएको थियो ।

कम्पनिले गुगल सुरुवात भएको ४ सेप्टेम्बरलाई कम्पनीको स्थापना दिवसका रूपमा मनाइन्छ भने औपचारिक रूपमा सार्वजनिक भएको २७ सेप्टेम्बरलाई जन्मदिनका रूपमा मनाइन्छ ।

२५औं जन्मदिनको उपलक्ष्यमा गुगलले आफ्नो लोगो परिमार्जन भएको एनिमेसन राखेको छ । गुगलको होमपेजमा सो एनिमेसन देख्न सकिन्छ ।

आजकाल धेरै जस्तो कामको लागि इन्टरनेटको प्रयोग भइरहेकै छ । आफूलाई उपयुक्त हुने कन्टेन्ट खोज्न सर्च इन्जिन चलाउनै पर्छ ।

कन्टेन्ट सर्च गर्ने सन्दर्भमा गुगल सबैभन्दा अग्रस्थानमा छ । यदि इन्टरनेटबाट सर्चको सुविधा हटाइदिए इन्टरनेटको अस्तित्व के हुन्छ भन्ने बहस उठ्न सुरु हुन्छ ।

हुन त सर्च इन्जिनको सुविधा भएका अन्य थुप्रै प्लेटफर्म भएपनि प्रयोगकर्तालाई सबैभन्दा उपयुक्त र भरपर्दो सुविधा उपलब्ध गराउने प्लेटफर्म गुगल नै हो । त्यसैले पनि गुगल अन्य प्लेटफर्मभन्दा प्रख्यात छ ।

स्टान्डफर्ड युनिभर्सिटीमा पीएचडी अध्ययन गरिरहेका ल्यारी पेज र सर्गेई ब्रिनले आफ्नी अर्की साथी सुसन वजेस्कीको ठाउँ भाडामा लिएर आफ्नो सन् १९९८ मा सर्च इन्जिन परियोजना अगाडि बढाएका थिए ।

पेज र ब्रिनले वजेस्कीलाई मासिक १ हजार ७ सय डलर भाडा तिरेर ग्यारेज भाडामा लिएका थिए । 

पछि गुगललाई ठूलो स्पेस आवश्यक परेपछि पलो अल्टोमा सरे । गुगलको अहिलेको मुख्यालय गुगलप्लेक्स माउन्टेन भ्यु क्यालिफोर्नियामा रहेको छ ।

सानो ग्जारेजबाट सुरु भएको गुगल अहिले २० लाख वर्ग फिटमा फैलिएको छ ।

२५ बर्षमा गुगलले आफूलाई सर्च इन्जिनमा मात्र सीमित राखेन । इन्टरनेटको वृद्धिसँगै मानिसको आवश्यकता महसुस गर्दै गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टम, डिजिटल कन्टेन्टका र एपका लागि गुगल प्ले जस्ता सेवाहरू ल्याएको थियो ।

कम्पनी विस्तार गर्दै जाँदा गुगल विभिन्न विवादमा पनि तानिएको थियो । यी तमाम चुनौतीका बावजुद युट्युब र एआईद्वारा सञ्चालित भर्चुअल असिस्टेन्टलाई आफ्नो स्वामित्वमा लियो ।

हालै मात्र पनि च्याटजीपीटी जस्तो एआई च्याटबटको चर्चा बढेपछि गुगलले आफ्नै एआईमा आधारित एआई च्याटबट बार्ड सार्वजनिक गरेको थियो ।

त्यस्तै एआईकै लोकप्रियतालाई मध्यनजर गर्दै गुगल आफ्ना सयौं सेवाहरूलाई एआईमा जोड्ने अभियानमा अगाडि छ ।

हाल कम्पनीले विश्वका छ महादेशका दुई समयभन्दा बढी सहरमा आफ्नो डेटा सेन्टर स्थापना गरेको छ ।

त्यसबाहेक पनि समय अनुसार आफूलाई परिमार्जन गर्दै कम्पनी अहिले सयौं क्षेत्रमा सक्रिय छ ।

Categorized in विज्ञान-प्रविधी