अब एड ब्लकर प्रयोग गरे युट्युबमा भिडियो हेर्न नमिल्ने
SamacharDesk | २०८० आषाढ १५, शुक्रबार

युट्युबले ‘एड ब्लकर’(विज्ञापन ब्लक गर्ने माध्यम) प्रयोग गर्नेले युट्युब भिडियो हेर्न नपाउने व्यवस्था गर्न थालेको छ ।
कम्पनीले यसका लागि ‘एड ब्लकर’ प्रयोग गर्नेहरूलाई युट्युब प्रिमियम प्रयास गर्न भन्दै विश्वभर एउटा सानो परीक्षण गर्न थालेको हो ।
यो नयाँ नियम कहिलेबाट लागू हुन्छ भन्ने यकिन मिति भने घोषणा भइसकेको छैन । ‘एड ब्लकिङ’ टुल प्रयोग गरेको थाहा पाएपछि त्यस्ता प्रयोगकर्तालाई युट्युबले पटक पटक भिडियो प्लेब्याक रोकिने चेतावनी सहितको नोटिफिकेसन पठाउन थालेको छ ।
यसअघि भने युट्युबले ‘एड ब्लकर’ प्रयोग गर्नेलाई तीन भन्दा बढी भिडियो हेर्न नपाइने प्रविधि परीक्षण गर्न थालेको समाचार आएको थियो ।
गुगलका प्रवक्ता ओलुवा फलोडनका अनुसार ‘एड ब्लकर’ पहिचान गर्ने कार्य नयाँ नरहेको र अन्य पब्लिसरले नियमित रुपमा प्रयोगकर्तालाई ’एड ब्लकर’ डिसेबल अर्थात निष्क्रिय गर्न आग्रह गर्दै आएका छन् ।
यसबाट युट्युबले ‘एड ब्लकर’ प्रति कडाईको नीति लिने सङ्केत गर्छ ।
Categorized in विज्ञान-प्रविधी