कोरोना संक्रमित मृत्यु संख्या १४ पुग्यो
SamacharDesk – विकाश | २०७७ जेठ २६, सोमबार

नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १४ पुगेको छ ।
स्याङजाको वालिङ नगरपालिका ३ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस व्रिफिङमा उनको मृत्यु भएको पुष्टि गरेको हो ।
२२ गते सुनौली नाकाबाट आएर नाकामै अलपत्र परेका उनलाई वालिङ नगरपालिकाले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो ।
जेठ २३ गते अस्पताल भर्ना भएका उनको आइतबार कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिँदै थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १४ पुगेको छ भने गण्डकी प्रदेशमा कोरोना संक्रमितको पहिलो मृत्यु हो ।
हालसम्म ३ हजार ७ सय ६२ जना संक्रमित हुँदा ४ सय ८८ जना निको भएका छन् ।
Categorized in समाज