एकै दिन काठमाडौंको ३ ठाउँमा कोठाको ताला फुटाई चोरी
SamacharDesk – बिकाश | २०७७ पौष १५, बुधबार

मंगलबार एकै दिन काठमाडौंको विभिन्न ३ स्थानबाट कोठाको ताला फुटाई चोरी भएको छ ।
काठमाडौंको तारकेश्वर हिजो राती एक घरमा कोठाको ताला फुटाई नगद र सुनका गहनासमेत चोरी भएको छ ।
सिरहा गोलबजार नगरपालिका–३ का २५ वर्षीय रबिनकुमार लामा डेरा गरी बस्दै तारकेश्वर नगरपालिका–११ शुभकामना चोकस्थित कोठाबाट ताल्चा फुटाई ३ तोला सुन र नगद ५० हजार रुपैयाँ चोरी भएको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–१५ स्थित अजिमा हल नजिकको एक घरबाट पनि २ लाख बढिको धनमाल चोरी भएको छ । खोटाङकी ३० वर्षीया भुमिका थापा मगर र तनहुँ व्यास नगरपालिका–११ की २३ वर्षीया मनिषा गुरुङको कोठाबाट चोरी भएको हो ।
कोठामा कोही नभएको अवस्थामा कोठाको ताला फुटाई सुनका विभिन्न गहना र नगद ६५ हजार रूपैयाँ गरी करिब २ लाख १० हजार रूपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको हो ।
यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका–५ थापाचोक बस्ने पवन सुनुवारको घरबाट पनि २ लाख बढिको धनमाल चोरी भएको छ ।
घरमा कोही नभएको अवस्थामा कोठाको ताला फुटाई करिब २ लाख १९ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहनाहरु चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्तिहरु हाल फरार रहेको र तिनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध