अटो नदिमा खसेर एक जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ पौष २९, बुधबार

डोटीमा अटो सडकबाट तल नदिमा खसेर एक जनाको मृत्यु भएको छ ।
शिखर–८ खुनस्थित सडकमा प्रदेश २–०३–००१ स ५४०२ नम्बरको अटो सडकबाट करिब ८० मिटर तल सेती नदीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा अटोमा सवार शिखर नगरपालिका–३ आली बस्ने ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो । पदमको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अटोका चालक सोही नगरपालिका–३ बस्ने ४० वर्षीय लोक जोरा समेत ५ जनाको शैलेश्वरी अस्पताल लगिएको छ ।
२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ ।
Categorized in समाज