arin enterprises

कालधारामा भएको सडक दुर्घटनामा एकको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ मङ्सिर ४, बिहिबार

काठमाडौंको कालधारा चोकमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु  भएको छ ।

आज (बिहिवार) विहान उक्त सडकमा एक मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको हो ।

बाग्मती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा.४१ प ६७९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । सोही सेन्टरमा उपचारको क्रममा रेग्मीको मृत्यु भएको हो ।

मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Categorized in समाज