arin enterprises

ओप्पोह्याक २०२२ सञ्चालनमा

SamacharDesk | २०७९ जेठ २३, सोमबार

अग्रणी प्राविधिक ब्राण्ड “ओप्पो” र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना भइरहेको छ ।

मे २३ देखि संचार भएको अक्टोबर २३ सम्म हुनेछ । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकतृत गर्दै उदयमान प्रविधि, सुदृढ कम्प्युटरिङ्ग र निर्वाध क्रस–डिभाईस कनेक्शनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्यका साथ उक्त कार्यक्रम हुन लागेको छ ।

आप्ेपोह्याक २०२२ मार्फत कलरओएस सम्बन्धि थप नयाँ जनाकारीहरु पनि उपलब्ध गराइने आयोजकको भनाइ रहेकोछ ।

ओप्पोह्याक कार्यक्रमले प्रयोगकर्ता केन्द्रित सर्वब्यापी सेवा अनुभवलाई विशेष जोड दिने विश्व निर्माण गर्ने ओप्पोको भिजनका साथमा ओपोह्याकले मानिस र प्रविधिबीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेको छ ।

विभिन्न क्षेत्र तथा विशेषज्ञता बोकेका सहभागीहरु निर्वाध क्रस–डिभाईस कनेक्शनका साथै प्रयोगकर्ता केन्द्रित बौद्धिक सेवाका लागि विश्वकै प्रतिभाहरुका माध्यमबाट नवप्रबर्तनात्मक समाधानको खोजीमा जोड दिइनेछ ।

ओप्पोको ब्राण्ड प्रस्ताव “ईन्पिरेशन अहेड” संग जोडिएको ओप्पोह्याक २०२२ ले प्राविधिक नवप्रबर्तकहरुलाई अनिश्चितताको समयमा पनि प्रविधिको प्रयोग मार्फत मानव जातीले सामना गर्ने सबैभन्दा चुनौतिपूर्ण समस्याको समाधानका लागि उत्प्रेरित गर्ने बताइन्छ ।

ओप्पोह्याक २०२२ मार्फत प्रविधिपे्रमीहरुलाई आफ्नो प्रतिभाको परिक्षण गर्ने अवसर प्रदान गर्नुका साथै ओप्पोले ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ ।

यसले प्रस्तावना तथा स्टार्टअपहरुलाई विश्वमा वास्तविक रुपमा सकारात्मक प्रभाव पार्ने बताए । ओप्पोह्याक २०२२ मा, सहभागीहरुले कलरओएस १२ का नयाँ अपडेट, ओप्पोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरु नजिकबाट हेर्न पाउनेछन् ।

यो एउटा पीसी कनेक्ट जस्तै हो, जसले तपाईको फोन र कम्पयुटर बीच सीमलेस अन्तरक्रिया सिर्जना गर्दछ । तपाईले यसलाई धेरै स्क्रिनहरुको एक मस्तिस्कको रुपमा सोचेर सर्वव्यापीताको एक कदम नजिक पाउन सक्नुहुने बताए ।

प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालयहरु, २० इन्क्युबेटरहरु र विश्वभरका ५०० भन्दा बढी व्यक्तिहरुसँग जोडिएर भोलीको अन्तर सम्बन्धित समस्याहरु समाधान गर्नका लागि सहकार्य र प्र्रतिस्पर्धा गर्ने ह्याकाथनको उद्देश्य रहेको छ ।

Categorized in विज्ञान-प्रविधी