पञ्चदान पर्व भव्यताकासाथ मनाइने
SamacharDesk | २०८१ भाद्र १३, बिहिबार

बौद्धमार्गीहरुको ठूलो पर्व पञ्चदान हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाल परम्परागत बौद्धधर्म संघले भव्यताका साथ मनाउने भएको छ ।
यही आउँदो भाद्रा १५ गते शनिबारका दिन काठमाडौंको ठमेलमा भेला भएर पञ्चदान पर्व मनाउन लागिएको छ । यसका लागि संघले पञ्चदान मूल समिति ११४४ को गठन गरिएको छ ।
पञ्चदान भव्यताका साथ मनाऔं, सांस्कृतिक परम्परा संरक्षण गरेर हाम्रो पहिचान बचाइराखौं भन्ने नाराका साथ यो पर्व मनाउन लागिएको हो ।
समितिले दिएको जानकारी अनुसार आउँदो शनिबार विहान ८ बजे ठमेलमा भेला भएर क्वाःबहा झ्वाः बहाल, तलाछी, ध्वाखाबहाल, गाःबहाल, श्रीघल, थाय् मदु, असं, दगुबहाल, तक्षबहाल, असंबहाल, मासंगाः, जनबहाल, वनेमा चुक, इतुंबहाल, मूबहाः, मखंबहाः, लायकूबही, मरु बही, पीगः ननी, सिखमू बहाः, चिकंमू, न्हूघः, मिखाबहाः, मुसुंबहाः हुँदै तःबहालसम्म पुगी पञ्चदान लिने कार्यक्रम रहेको छ ।
यसरी सामुहिक रुपमा प्राप्त पञ्चदान लुम्बिनीमा निर्माण भइरहेको ब्रयान विहारलाई सहयोगस्वरुप प्रदान गरिने बताइएको छ ।
Categorized in समाज