पेट्रोलको मूल्य बढ्यो
SamacharDesk | २०८१ पौष १, सोमबार

पेट्रोलको मूल्य २ रुपैयाँले वृद्धि गरेको छ भने डिजेल र मट्टिेलमा घटाएको छ ।
नेपाल आयल निगमले हिजो राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टितेलमा २/२ रुपैयाँले घटाएको छ ।
मूल्य समायोज अनुसार निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १ सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १ सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ६२ रुपैयाँ तोकेको छ ।
यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १ सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ५१ रुपैयाँ निर्धारण गरिएको छ ।
Categorized in बिजनेस