पेट्रोल र डिजेलको मूल्य घट्यो
SamacharDesk | २०८१ जेठ १९, शनिबार

गएराति १२ बजेदेखि लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
Categorized in बिजनेस