फेरी बढ्यो पेट्रोलको भाउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १६, मंगलबार

नेपाल आयल निगमले फेरी पेट्रोलको मूल्य बढाएको छ ।
मंगलबार रातीको १२ बजेबाट लागू हुने गरी निगमले लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आजै आएको खरिद मूल्य अनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जनाएको छ ।
निगमले अंग्रेजी महिनाको १ र १६ गते मूल्य समायोजन गर्छ ।
डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्य भने यथावत छ ।
Categorized in बिजनेस