प्रधानमन्त्री दाहालको भ्रमणबारे प्रष्टीकरण
SamacharDesk | २०८० जेठ २४, बुधबार

बुधबार राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक अनुभूति गरेको बताउनुभएको छ ।
भारत भ्रमणको सम्बन्धमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणले दुई देशका बीचको सम्बन्धलाई थप बलियो बनाउँदै भविष्यका लागि प्रस्ट मार्गचित्र तय गरेको बताउनुभएको हो ।
उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्ध र हितका विषयमा खुलस्त रुपमा कुराकानी भएको र विश्वासको वातावरण बनेको जिकिर समेत गर्नुभयो ।
भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने हल्ला साँचो नभएको दावी गर्दै प्रधानमन्त्री दाहालले भ्रमणको क्रममा नयाँ नक्साको विषयमा आफूले भारतीय पक्षसँग गम्भिरतापूर्वक कुरा उठाएको स्पष्टीकरण दिनुभयो ।
भारतीय पक्षबाट भारतको नयाँ संसदमा राखिएको नक्शा सांस्कृतिक नक्शा भएको जवाफ आएको उहाँको भनाई छ । प्रधानमन्त्री दाहालले उच्च तहको राजनीतिक भेटघाटमा जमिन सट्टापट्टा बारे कुराकानी नभएको स्पष्ट पार्दै अहिले चर्को बोल्नेहरुले नै सट्टापट्टाको निर्णय गराएको आरोप समेत लगाउनुभयो ।
प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतले आगामी १० वर्षभित्र नेपालमा उत्पादित १० हजार मेघावाट विद्युत् आयात गर्ने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग महत्वपूर्ण भेटघाट भएको र सो अवसरमा द्विदेशबीचका व्यापार पारवाहन,ऊर्जा प्रवद्र्धन,दीर्घकालीन ऊर्जा व्यापार र भारतीय भूमि हुँदै बंगलादेशसम्म विद्युत् निर्यात गर्नेलगायत विषयहरूमा संवाद सुरू प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।
हाँले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबानका समस्याबारे पनि गम्भीर छलफल भएको बताउनुभयो ।
Categorized in राजनीति