प्रधानमन्त्री ओलीले पाए प्रतिनिधिसभाबाट विश्वासको मत
SamacharDesk | २०८१ श्रावण ६, आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज विशवासको मत पाउनु भएको छ ।
दुई तिहाइ सांसदको समर्थनमा उनले विश्वासको मत पाउनु भएको हो । प्रधानमन्त्री नियुक्त भएको एक सातामै उहाँले आइतबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाउनुभएको हो।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रह्यो ।
सभामुख देवराज घिमिरेले विपक्षमा मत दिनेभन्दा प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने सङ्ख्या बढी भएको भन्दै सदनबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभएको हो।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा ९एमाले०, जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।
नयाँ सत्ता समीकरण अनुसार असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।
Categorized in राजनीति