arin enterprises

प्रधानमन्त्री ओली तथा सभापति देउवाविरुद्ध नाराबाजी गर्ने पक्राउ

SamacharDesk | २०८१ भाद्र ११, मंगलबार

काठमाडौं टुंडिखेलमा सोमबार आयोजना भएको गौरा पर्व कार्यक्रममा नाराबाजी र हुटिङ गरेको आरोपमा सरकारले दुई युवालाई पक्राउ गरेको छ ।

सो कार्यक्रममा संबोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पुग्नु भएको थियो । कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा उनी विरुद्ध युवाहरुको भीडले नाराबाजी गरेको थियो ।

उक्त कार्यक्रममा नाराबाजी गरेर कार्यक्रम विथोल्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।

उनीहरुलाई विभिन्न मिडियामा आएका भिडियो र फोटो हेरेर दुई जनालाई पक्राउ गरेको र अन्यको विषयमा अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

सोमबार आयोजित गौरा पर्व मनाउने क्रममा सम्बोधन गर्न थालेका प्रधानमन्त्री ओली विरुद्ध युवाहरूको भीडले नाराबाजी गरेका थिए ।

नाराबाजीका बीच प्रधानमन्त्री ओलीले सम्बोधन छोट्याएपछि सम्बोधनका लागि गएका कांग्रेस सभापति देउवाले युवाहरुलाई “लाज नभएका बदमास” भन्दै हर्कान खोजेका थिए ।

तर भीडले देउवा विरुद्ध पनि नाराबाजी गरेपछि उहाँले पनि सम्बोधन छोट्याएका थिए । देउवाले कार्यक्रम विथोल्न खोज्नेहरुलाई ठीक पार्ने चेतावनी दिएका थिए ।

नाराबाजीको २४ घण्टा नवित्दै युवाहरुलाई धरपकड गरेर सरकारले असहिष्णु ब्यवहार देखाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

Categorized in राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082