arin enterprises

आलु, प्याजस्ता दैनिक उपभोग्य वस्तुमा लगाएको भ्याट खारेज

SamacharDesk | २०८१ जेठ १५, मंगलबार

सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१र०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरिएको छ ।

सरकारले अघिल्लो बजेटमा लगाएको आलु, प्याज, स्याउको कर यस बर्षदेखि हटाएको छ । आलु,प्याजस्ता दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएर उपभोक्तालाई मार पारेको भन्दै गत बर्ष आलोचना भएसंगै यस बषै सरकारले उक्त निर्णय फिर्ता गरेको हो ।

सरकारले आज सार्वजनिक गरेको बजेटमा आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा मूल्य अभिवृद्धि कर खारेज गरेको हो ।

यस्तै मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि गरिएको छ । यस्तै विकास सहायतासम्बन्धी नयाँ सम्झौता गर्दा आयोजनालाई कर छुट दिने व्यवस्था गर्नुको सट्टा कर फिर्ता वा निकासाको माध्यमबाट कर छुट दिइने भएको छ ।

स्वदेशी उद्योगलाई प्राथमिकता राख्दै औद्योगिक कच्चा पदार्थको आयातमा लाग्दै आएको करलाई घटाएको अर्थमन्त्री पुनले उल्लेख गर्नु भयो ।

यसका लागि औषधी, इन्डक्सन, धागो, अगरबत्ती, स्यानिटरी प्याड, काजु र बदाम प्रशोधन तथा स्प्रिङपत्ता बनाउने उद्योग लगायतको उद्योगमा लाग्ने कच्चा पदार्थको पैठारी महसुल र अन्तःशुल्क घटेको छ ।

स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको भन्सार महसुल र अन्तःशुल्कमा वृद्धि गरिएकोे छ ।

Categorized in बिजनेस