arin enterprises

सुनचाँदीको भाउ प्रकाशन हुनथाल्यो

SamacharDesk – विकाश | २०७७ जेठ २५, आइतबार

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजबाट सुनचाँदीको भाउ प्रकाशन गर्न थालेको छ ।

महासंघबाट प्रकाशित भाउ अनुसार आज छापावाल सुनको मूल्य तोलाको ८७ हजार ५ सय रहेको छ भने २२ क्यारेट सुनको तोलाको ८० हजार ५ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य तोलाको ९ सय ३० रुपैयाँ रहेको छ ।

चैत्र ११ गते लकडाउन जारी भएबाट महासंघले सुनचाँदीको दरभाउ वितरणलाई स्थगित गरेको थियो ।

अहिले लकडाउनको मोडालिटीमा परिवर्तन गर्ने प्रकृया शुरु भएसँगै आजबाट दरभाउ वितरण शुरु गरिएको हो ।

सरकारले विभिन्न जिल्ला प्रशासन, सरोकारवाला स्थानीय तहहरु, सरोकारवाला उद्योग वाणिज्य सम्वद्ध संघसंस्थाहरुसँगको छलफलमा केही घन्टा व्यवसाय संचालन गर्न दिने सहमति भएको र सोही अनुसार सुनचाँदी व्यवसाय पनि आंशिक रुपमा संचालन हुने महासंघले जनाएको छ ।

Categorized in बिजनेस