भैंसीलाई पानी तताउन आगो बाल्दा आगलागी
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष २५, आइतबार

पाल्पामा भैंसीको लागि पानी पानी तताउन बालेको आगो फैलिएर आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।
पाल्पाको रिब्दिकोट गाउँपालिका–७ डबका बस्ने ४३ वर्षीय कृष्ण रेश्मीको गोठमा आज विहान भैंसीलाई पानी तताउन बालेको आगो फैलिएको हो ।
आगलागीमा करिब ३ तोला बराबरको सुनका विभिन्न गहना तथा लत्ताकपडाहरुसमेत जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीको टोलीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
Categorized in समाज