arin enterprises

पदोन्नती भएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान

SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

समारोहमा प्रहरी नायव महानिरीक्षकहरुमा गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनुभएका प्रहरी नायव महानिरीक्षकहरुलाई बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने बताउनुभयो । प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न क्षेत्रीले निर्देशन दिनुभयो ।

सो अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य राख्दै प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले प्रचलित कानुन र संगठनको नीति निर्देशन अनुसार कर्तव्य पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

Categorized in समाज