पूर्णिमा लामाकाे ‘दाग’ सार्वजनिकः भिडियाेसहित
SamacharDesk – बिजयरत्न | २०८१ जेठ १७, बिहिबार

स्रष्टा सर्जकहरुलाई सम्मानका साथमा ‘दाग’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच प्रतिनिधिसभा उपसभामुख ईन्दिरा राना मगरले म्यूजिक भिडियो सार्वजनिक गरिन् ।
सोही कार्यक्रममा ब्राण्ड यु पिक्चर्स तारकेश्वर कला प्रतिष्ठानबाट मोडल, नृत्य निर्देशक प्रदीपकुमार रसाइली, गीतकार टिका भट्टराई नेपाल र फोटोपत्रकार बद्री थापालाई ‘तार्केश्वर कला सम्मान २०८०’ बाट सम्मानित गरिएको थियो ।
प्रतिनिधि सभा उपासभामुख रानाले स्रष्टा सर्जकहरुलाई सम्मान पत्रसहित सम्मान गरेकी थिइन् ।
सो अवसरमा पि आर इन्टरटेन्मेन्टका संरक्षक दिलकुमारी रसाइली, गीतकार गीता अधिकारी, कलाकारहरू रमा थपलिया, उत्तम केसी, संगीतकार पुस्कर सुनुवार, मोडल निर्देशक सिवन पोखरेल, कलाकारहरू समिता गिरी, सरोज गिरी, राजकुमार शाह, सुमिना कार्की, डुपचन लामा, श्रृगार शंकर वराल, सम्पादनरकरलरिष्ट अमृत चापागाई लगायतलाई पनि सम्मान गरिएको थियो ।
सार्वजनिक गरिएको ‘दाग’ म्यूजिक भिडियोलाई प्रदीपकुमार रसाईलीले निर्देशन गरेका छन् । स्वमिक गौतम र गणेश मण्डलको छायांकन रहेको भिडियोमा अमृत चापागाईंले दृश्य सम्पादन गरेका छन् ।
गीतमा पूर्णिमा लामाको स्वर, ज्ञानलाल शास्त्रीको शब्द र संगीत रहेको छ ।
भिडियोमा प्रदीपकुमार रसाइली, समिता गिरी, सरोज गिरी (गिरी राजा), रमा थपलिया, उत्तम केसी नेपाल, राजकुमार शाह, सुमिना कार्की, दुप्चन लामालगायत कलाकारको अभिनय छ ।
गीतको भिडियो पि आर इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, भिडियो चलचित्र निर्देशक संघका अध्यक्ष बविता श्रेष्ठ ‘मलेकु’ लगायतको उपस्थिती रहेको थियो ।
Categorized in पेजथ्री