राहुल गान्धीको सांसद पद खारेज
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १०, शुक्रबार

कंग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ ।
गान्धीलाई सजाय भएपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
यसअघि बिहीबार गान्धीलाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो ।
अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ ।
मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए ।
राहुलले कथित रूपमा एक बयानमा ’किन सबै चोरका थर मोदी छ ?’ भनेको आरोप लागएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय