arin enterprises

राष्ट्रियसभा सदस्यको निर्वाचनमा गठबन्धनले जित्यो १८ सिट

SamacharDesk | २०८० माघ १२, शुक्रबार

राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनले १८ र एमालेले एक सिटमा विजयी भएको छ ।

बिहीवार सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ ।

त्यस्तै जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ । बिहीवार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालले बाजी मारेको हो ।

राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाल्ी काँग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, वागमती प्रदेशबाट गठबन्धनबाट नेपाल्ी काँग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली काँग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित हुनुभयो ।

त्यस्तै गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै नेपाली काँग्रेसका पदमबहादुर परियार, नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ  नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा निर्वाचित हुनुभयो । लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली काँग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित हुनुभएको छ ।

कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

यता सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेणु चन्द निर्वाचित हुनुभएको छ ।

Categorized in राजनीति