arin enterprises

रास्वपा मध्यपुरको भाषण प्रशिक्षण कार्यक्रम सम्पन्न

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ १४, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरका स्थानिय नेता तथा कार्यकर्ताहरुलाई लक्षित एक हप्ते प्रखर भाषण कला तथा उद्घोषण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

रास्वपा मध्यपुर थिमि नगर समितिले सिलसिला मिलाएर बोल्ने र औपचारिक कार्यक्रम सञ्चालन गर्ने शैलीको प्रशिक्षण दिएको हो ।

प्रशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका माननीय सांसद सन्तोष परियारले बोलीसँगै काम पनि देखाउनुपर्ने भन्दै उहाँले समाज परिवर्तनको लागि नेतृत्व इमान्दार हुनुपर्ने बताए ।

त्यस्तै, रास्वपा मध्यपुर थिमि नगर समितिका सभापति न्हुछेरत्न मानन्धरले युवाहरुको राजनीतिक चेतनास्तर विकास भए मात्र नेतृत्वलाई सचेत र खबरदारी गराउन सकिने बताए ।

सहि नेतृत्वको अभावले नेपाल पछि परेको बताउँदै अब युवा जनशक्तिको सामथ्र्यले देश विकास गर्नुपर्ने तर्क मानन्धरले राखे ।

मध्यपुर थिमिमासात दिनसम्म दिइएको प्रशिक्षणको संयोजन स्मृति भट्टराईले गरेकी थिइन् । प्रशिक्षार्थीहरुलाई सञ्चारकर्मी केके मानन्धर र जेसीआई ट्रेनर रश्मी शिल्पकारद्वयले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा भक्तपुर नगर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमि नगरका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।

Categorized in राजनीति