arin enterprises

विन्डोजबाट आईट्युन्स हट्यो

SamacharDesk | २०८० माघ २९, सोमबार

एप्पलले विन्डोज पीसीबाट आईट्युन्सलाई हटाएकोे छ । विन्डोज १० र ११ मा आईट्यन्स जस्तै  कार्यक्षमता भएका नयाँ एपहरू सार्वजनिक गर्दै एप्पलले आईट्युन्सलाई विन्डोजबाट हटाएको हो ।

यससँगै प्रयोगकर्ताहरुको  लागि एप्पलले विन्डोजका लागि म्युजिक, टिभी र डिभाइस नामक फरक फरक एप सार्वजनिक गरेको छ । प्रयोगकर्ताले सार्वजनिक गरिएका नयाँ एपहरुमध्ये म्युजिक एपबाट एल्बम र गीतहरुमा पहुँच पाउन तथा तिनलाई बजाउन सक्नेछ भने टिभी एपबाट चलचित्र र टिभी कार्यक्रमहरुमा हेर्न सक्नेछन् ।

त्यस्तै डिभाइस एपबाट विन्डोज पीसी र आईफोन÷आईप्याड बीचमा संगीत, चलचित्र, टिभी कार्यक्रमहरुको ब्याकअप राख्न, अथवा सिङ्क गर्न सक्नेछ ।

प्रयोगकर्ताहरुले यी सबै एपहरु विन्डोज १०÷११ मा हुने माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्न सकिनेछ । यदि प्रयोगकर्ताले पुरानो भर्सनका विन्डोज प्रयोग गरेको खण्डमा भने नयाँ एपहरुमा पहुँच पाउन सक्न्नि ।

एप्पलले २००१ मा म्याक र २००३ मा विन्डोजमा आईट्युन्स ल्याएको थियो । यसबाट प्रयोगकर्ताले गीत, अडियोबुक लगायतका अन्य कन्टेन्ट खरिद गर्न सक्थे । तर २०१९ मा म्याकओएस क्याटालिन सार्वजनिक गर्दै म्याकबाट एप्पलले आईट्युन्स हटाएको थियो ।

त्यस्तै २०२२ को अक्टोबरमा एप्पल र माइक्रोसफ्टले विन्डोजबाट समेत आईट्युन्स हटाउने संकेत गरेका थिए । एप्पलले विन्डोजबाट आईट्युन्सका सबैजसो फिचर अन्य एपमा उपलब्ध गराइसकेको छ । तर पोडकास्ट र अडियोबुकहरुका लागि भने छुट्टै व्यवस्था गरिएको छैन ।

आईओएस तथा आईप्याडमा यिनीहरूका लागि छुट्टै एप भएको हुँदा विन्डोजमा पनि चाँडै यी केन्द्रित भएर एप आउने अपेक्षा गरिएको छ । तर यो अपडेट भने विन्डोज १० र ११ मा मात्र लागू हुनेछ ।

Categorized in विज्ञान-प्रविधी