arin enterprises

व्यवसायिक रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

SamacharDesk | २०८१ आषाढ १३, बुधबार

व्यवसायिक कारोबारबाट प्राप्त रकम अब छुट्टै खाता खोली बैंकमा जम्मा गर्नुपर्ने नियम ल्याउने भएको छ ।

आन्तरिक राजस्व विभागले हिजो सूचना जारी गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने जनाएको हो ।

विभागको सूचनामा कुनै पनि निजी कम्पनी वा व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यावसायिक फर्मको नाममा खोजिएको खातामा मात्र जम्मा गर्नुपर्ने तथा व्यक्तिगत बैंक खातामा जम्मा गरे सजायको भागिदार हुनुपर्ने जनाइएको छ ।

यसले कर चुहावट कम गर्न सहयोग पुग्ने भन्दै विभागले यो व्यवस्था कार्यान्वयन नभए हरेक पटक पाँच हजार रूपैयाँ वा कुल कारोबार रकम मध्ये जुन बढी हुन्छ सो रकम बरावरको जरिबाना लाग्ने जनाएको छ ।

Categorized in बिजनेस